पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि सरकारले बनायो समिति , को को छन् सदस्य ?

पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि सरकारले समिति गठन गरी काम कर्तव्य र अधिकार तोकेको छ । कृषि तथा पशु पन्छी मन्त्रालयले पशु सेवा विभागका महानिर्देशकको अध्यक्ष रहने गरि समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवस्तरका १ जना प्रतिनिधि,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवस्तरका १ जना प्रतिनिधि, गृह मन्त्रालयका उपसचिवस्तरका १ जना प्रतिनिधि , पशु स्वास्थ्य महाशाखाका उपसचिवस्तरका १ जना प्रतिनिधि,  गुठी संस्थानका उपसचिवस्तरका १ जना प्रतिनिधि, पशु कल्याणको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिहरू मध्येबाट मन्त्रालयले तोकेको १ जना प्रतिनिधि, र पशु कल्याणको क्षेत्रमा कार्यरत संघ/संस्थाहरूमध्येबाट मन्त्रालयले तोकेको १ जना प्रतिनिधि रहने छन् । समितिको सदस्य सचिवमा पशु सेवा विभागको महानिर्देशकले तोकेको वरिष्ठ प्राविधिक अधिकृत हुने ब्यबस्था रहेको छ । समितिको सचिवालय पशु सेवा विभागमा रहेको छ । यस समितिले निम्न ६ काम गर्न छ :१. पशुप्रति हुने निर्दयी व्यवहार रोक्न तथा पशु कल्याणसँग सम्बन्धित उपयुक्त नीति निर्माण गर्न मन्त्रालयमा सुझाव पेश गर्ने, २. पशुप्रति हुने निर्दयी व्यवहार रोक्ने तथा पशु कल्याणसँग सम्बन्धित उपयुक्त कार्यक्रम पहिचान तथा कार्यान्वयन गर्ने, गराउने,३. पशुप्रति हुने निर्दयी व्यवहार निरूत्साहन गर्न प्रदेश तथा स्थानीय तहका निकायहरूबीच समन्वय गर्ने, गराउने, ४. पशु कल्याण सम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्न सरकारी तथा गैर सरकारी संघ/संस्था तथा नागरिक समाजसँग सहकार्य गर्ने, ५. पशु कल्याणसँग सम्बन्धित कार्य गर्ने गैर सरकारी संस्थाहरूको लागि आचार सहिंता तयार गरी कार्यान्वयन गर्ने, गराउने, ६. आवश्यकता अनुसार कार्यदल गठन गरी कार्य सञ्चालन गर्ने, गराउने।

सम्बन्धित सामग्री

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन, यी हुन् ११ जना सदस्य

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।  सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो । सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेको छानबिन समिति ...

संसदीय समिति सदस्य हेरफेर, माधव नेपाल र केपी ओली आमने–सामने हुने

नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्र्तगतको एउटै संसदीय समिति सदस्य भएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्र्तगत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सो

हराएको खोप खोजी गर्न पाँच सदस्य छानबिन समिति गठन

सरकारले हराएको २४ लाख मात्रा खोप खोजी गर्न  ५ सदस्य छानविन समिति गठन गरेको छ । विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले डा. गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो ।समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् । हराएको भनिएको खोप छानविन गर्ने समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्नेछ । भने अवको दुई

कांग्रेस केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल हुने

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारबारे छलफल हुने भएको छ । सोमबार दिउँसो बोलाइएको बैठकमा राष्ट्रियसभा सदस्य उम्मेदवार चयनका विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

राखेप सदस्य सचिव सिफारिस गर्न समिति गठन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव सिफारिस गर्न बिहिबार समिति गठन गरेको छ । ३ सदस्यीय समितिमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप बोर्डका पूर्वसदस्य इन्दिरा निरौला र पूर्वकर्मचारी रिम रानाभाट छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त गर्न मन्त्रालयले दरखास्त पनि […]

राखेपमा सदस्य सचिव नियुक्तिका लागि ३ सदस्यीय समिति गठन

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाडौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरीएको हो । यसअघि मंगलबार बसेको मन्

राखेप सदस्य सचिव नियुक्ति गर्न सिफारिस समिति गठन

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहाचल) सदस्य रहने गरि समिति गठन गरिएको हो ।&n

लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य लेखीद्वारा राजीनामा

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । आफूले नयाँ राजनीतिक यात्रा रोजेको र लोसपा पार्टी छोडेको पत्र अध्यक्षलाई बुझाएका थिए। उनले पार्टीका सबै पदहरु...

पर्यटन बोर्डको रिक्त सदस्य सिफारिसका लागि समिति गठन

नेपाल पर्यटन बोर्डको रिक्त सदस्य सिफारिसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।  प्रशासन महाशाखाका प्रमुख तारानाथ अधिकारीकाे संयोजकत्वमा मन्त्रालयले सोमवार तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।  सदस्यहरूमा बोर्डका पूर्व सदस्यद्धय पूर्णबहादुर कुँवर र राजेन्द्र सापकोटा सदस्य रहेको मन्त्रालयले जनाएको छ ।