काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो । सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेको छानबिन समिति ...