संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निमार्णको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् । आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै उनले अन्य नेताहरुलाई मौका दिने इच्छा भए बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे । मन्त्री आल