केपी शर्मा ओलीको साथ छाडेर शेरबहादुर देउवातिर लागेका एमाले सांसद प्रेम आले वचनका पक्का ठहरिएका छन् । प्रतिनिधिसभामा आइतबार शेरबहादुर देउवाको पक्षमा आफूसहित ८ एमाले सांसदलाई उभ्याएपछि पूर्व वनमन्त्री आलेलाई काँग्रेस नेताहरुले ‘वचनका पक्का’ ठहर्याएका हुन् ।केपी ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका आलेले ओली समूहबाट विद्रोह गरेर देउवाको पक्षमा ८ मत खसाए । योसँगै उनले बूढानीलकण्ठमा देउवा समक्ष गरेको वाचा पूरा गरेका छन् । आलेले आफूसँग ८ मत रहेको र उनीहरु सबैले विश्वासको मत दिने देउवालाई व