आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ । विभागअन्तर्गत एउटा ठूला करदाता …
काठमाण्डौ – अघिल्लो आर्थिक वर्षको तुलनामा गएको वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजी सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ ।
यस्तो विवरण बुझाइसक्न पुस मसान्तसम्मको म्याद थपिएकोमा त्यो अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो । कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदा...
काठमाडौं, १२ मंसिर । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ […]
काठमाडौं (अस) । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरूसँग कार्य सम्पादन सम्झौता गरेको छ । बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यले अघिल्लो सरकारले शुरू गरेको कार्यसम्पादन सम्झौताको प्रभावकारितामा प्रश्न उठिरहेका बेला बिहीवार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले विभागका उपमहानिर्देशक र निर्देशकहरूबीच आर्थिक वर्ष २०७८÷७९ का लागि कार्यसम्पादन सम्झौता गरे ।
अर्थ मन्त्रालयको वार्षिक नीति र कार्यक्रम तथा आन्तरिक राजस्व विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, देशभरि रहेका आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता सेवा कार्यालयहरूले वार्षिक सम्पादन गर्नुपर्ने कामसमेत समावेश गरी कार्यसम्पादन सम्झौता गरिएको विभागले जानकारी दिएको छ ।
कार्यसम्पादन सम्झौतामा वार्षिक क्रियाकलाप, परिमाणात्मक रूपमा उल्लेख गरिएको उपलब्धिसूचक, मूल्यांकनका आधार तथा कार्यसम्पादन गर्नुपर्ने समयसीमा समेत उल्लेख गरिएको छ । यसबाट विभागका निर्देशकहरूको कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ र यथार्थपरक हुने बताइएको छ । यसले कर्मचारीलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने विभागको भनाइ छ । यस्तै प्रकारको सम्झौता देशभर रहेका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरूसँग समेत गरिने विभागका अधिकारीहरू बताउँछन् । यसअघि अर्थसचिव र आन्तरिक राजस्व विभागमा महानिर्देशक तथा महानिर्देशक र उपमहानिर्देशकबीच यस्तै प्रकारको वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न भइसकेको छ ।
विभागका नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका प्रमुख मुक्तिप्रसाद पाण्डे, सञ्चालन महाशाखा प्रमुख आनन्द काप्mले, अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनी र सूचनाप्रविधि विज्ञ रमेश शर्मा पौडेलले कार्यसम्पादन सम्झौता गरे ।
उदयपुर : आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय गाईघाटले जिल्लाको प्रमुख ब्यापारिक केन्द्र कटारीमा शिविर सञ्चालन गरेर कर संकलन गरेको छ। कटारीका व्यवसायीहरुलाई राजस्व बुझाउन सहज होस भन्दै कटारीमा एक दिन शिविर सञ्चालन गरिएको छ।
शिविरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय उदयपुर गाई...
साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी एक समझारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघ बीच सोही उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विनोद बहादुर कुंवरले हस्ताक्षर गरे ।
साना तथा मझौला करदातालाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने समझारीपत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं : सरकारी तथ्यांकअनुसार नेपालमा कर तिर्ने जनसंख्या ६ प्रतिशत अर्थात् १८ लाख छ। अबको पाँचमा वर्ष १२ लाख थपेर ३० लाख करदाता पुर्याउने लक्ष्य सरकारले लिएको छ। करदातालाई प्रोत्साहन करको दायरा वृद्धि गर्ने मुख्य औजार भएको विभागले जनाएको छ।
पछिल्लो सात वर्षदेखि विभागले सबैभन्दा बढी कर तिर्ने करदाताहरूलाई...