पाल्पाको तानसेनमा शुक्रबार मध्यरातिदेखि सुरु भएको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको शनिबार दिनभर रथयात्रा निकालिएको छ । २ सय ३ वर्षदेखि यो रथयात्रालाई पाल्पामा निरन्तरता दिइएको छ । जितगढी–नुवाकोट युद्धमा नेपालले अंग्रेजलाई हराएको सम्झनामा विजयउत्सवका रुपमा हरेक वर्ष तानसेनमा भाद्र कृष्ण अष्टमीको मध्यरातदेखि नवमीका दिनभर भगवतीको रथयात्रा हुँदै आएको छ ।