मुटु सम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीहरूलाई लक्षित गरी हेटौँडा अस्पतालले निःशुल्क मुटु रोग शिविर सञ्चालन गर्ने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले बिहीबार पत्रकार सम्मेलन गर्दै शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौँसँगको सहकार्यमा स्वास्थ्य असोज १६ गते शनिवार शिविर आयोजना गर्ने जानकारी दिएको हो ।शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा ७ जना मुटु रोग विशेषज्ञ डाक्टर र ४ जना प्