लमजुङ - मौलिक लोक गीतसङ्गीत क्षेत्रका चर्चित गायक हुनुहुन्छ, राजु परियार । लमजुङको चिसापानीमा जन्मनुभएका परियार यहाँकै गाउँघर, वनपाखामा खेल्दै हुर्कनुभयो । उहाँमा सानैदेखि गीतसङ्गीतमा रुचि थियो।गाउँघरमा हुने पूजाआजाका साथै जिल्लामा हुने विभिन्न दोहोरी प्रतियोगितामा सहभागी हुँदै विभिन्न खुड्किला पार गरेर निरन्तरको साधना र सङ्घर्षले आज उहाँ यो ठाउँसम्म आइपुग्नुभएको हो । हजारौँ गीतमा आफ्नो सुमधुर स्वर भर्नुभएका गायक परियार जन-जनको हृदय छुने गीत गाउन रुचाउनुहुन्छ । मेलापात, उकाली-ओराली, भञ्ज्याङ, चौतारी, माया, प्रेम,...