पर्वत : श्रीमतीको मृत्यु भएको तिथि पारेर पर्वतका एक व्यक्तिले पर्वत अस्पताललाई आर्थिक सहयोग गरेका छन्।जिल्लाको मोदी गाउँपालिका–५ बाजुङ घर भई हाल कुश्मा नगरपालिका–६ बस्दै आएको रामबहादुर थापाले पत्नी शान्ताकुमारी थापाको मृत्यु भएको तेस्रो पुण्य तिथिको अवसर पारेर थप १० हजार रुपैयाँ सहयोग गरेका हुन्।यसअगाडि पनि उनले अस्पतालको अक्षय कोषमा २१ हजार १११ रुपैयाँ सहयोग गरेकोमा अहिलेको थप सहयोग सहित कुल ३१ हजार १११ रुपैयाँ सहयोग गरेका हुन्।उच्च रक्तचापको पीडा भोग्दै आएकी शान