काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मंसिर महिनामा दुई वटा संस्थालाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व मुलक कार्यका लागि सरोज टेबल टेनिस फर अल क्लब र ललितपुरको दुङ्गासाँघुमा रहेको मुक्तिनाथ मन्दिरलाई आर्थिक सहयोग गरेको हो । बैंकले बालबालिकालाई टेबल टेनिस तालिम सञ्चालनका लागि उक्त क्लवलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । […]