पोखरा महानगरमा एमालेलाई मेयरमा भन्दा उपमेयरमा विश्वास

पर्वत : पोखरा महानगरपालिकामा एमालेबाट प्रमुख पदको उम्मेदवार रहेका कृष्ण थापालाई भन्दा उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई मतदाताले बढी विश्वास गरेको देखिएको छ।प्रदेश सांसदबाट राजीनामा दिएर महानगरपालिकाको प्रमुख बन्न आएका कृष्ण थापालाई भन्दा दोस्रो पटक पनि उपप्रमुख हुने गरी चुनावी मैदानमा रहेकी एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङलाई बढी मत आएकाे छ।निर्वाचन आयोगले सार्वजनिक गरेको ४१ हजार ४२३ मतपत्रको परिणाम हेर्दा प्रमुखमा लडेका थापालाई भन्दा उपप्रमुख  उम्मेदवार रहेकी गुरुङलाई २ हजार १३१ मत ब

सम्बन्धित सामग्री

ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित पक्का

ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गरेका छन् ।एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभन्दा १७ हजार ६०७ मतले अगाडि छन् ।  उपमेयरमा भने एमालेकी मन्जली शाक्य वज्राचार्यको जित निश्चित भएको छ । उनले अग्रता पनि फराकिलो छ ।

वीरगञ्ज महानगरमा ह्वातै बढ्यो बदर मतको संख्या

वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा अत्याधिक मत बदर भएको छ। महानगरमा मेयर तथा उपमेयरमा अत्याधिक मत बदर भएको हो। पछिल्लो अपडेटअनुसार महानगरको मेयरमा २५ दशमलव ४३ प्रतिशत मत बदर भएको छ। १९ हजार ९ मत गणना गर्दा मेयरमा १४ हजार १७४ मत सदर भएको छ भने ४ हजार ८३५ मत बदर भएको […]

काठमाडौं महानगरमा पाँच ठाउँबाट मतगणना

काठमाडौं महानगरपालिकामा पाँच ठाउँबाट मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा गणना भइरहेको हो ।महानगरमा ३२ वडा छन् । कुल ४४५३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५७५ मत, एमालेका केशव स्थापितले ९९५ मत र काँग्रेसकी सृजना सिंहले ८२२ मत ल्याएकी छिन्। राष्ट्रिय सभागृहमा मत गणना जारी छ। बालेनले अग्रता लिएसँगै उनका समर्थक बिहानै राष्ट्रिय सभागृहमा पुगी सकेका छन् ।

पोखरामा एमालेबाट मेयरमा कृष्ण र उपमेयरमा मञ्जुदेवीको उम्मेदवारी

पोखरा महानगरमा एमालेले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।...

ललितपुर महानगरमा एमालेबाट मेयरमा हरिकृष्ण र उपमेयरमा मञ्जलीको उम्मेदवारी दर्ता

काठमाण्डाै - ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौँको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्ति वाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डङ्गोलले सभा गृहमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर […]

राप्रपाले काठमाडौंसहित ५ वटै महानगरमा उम्मेदवारी दिने

काठमाडौं, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै महानगरपालिकामा सोमबार उम्मेदवारी दर्ता गर्ने भएको छ। काठमाडौं महानगरसहित ६ वटै महानगरमा उम्मेदवारी दिने भएको हो । ४ वटा महानगरको हालसम्म उम्मेदवार टुंगो लगाइसकेको र अन्य उम्मेदवारको टुंगो लगाउने क्रम जारी रहेको राप्रपाले जनाएको छ । काठमाडौ महानगरको मेयरमा मदनदास श्रेष्ठ, उपमेयरमा विनिता मगैया, ललितपुरको मेयरमा […]

काठमाडौं र ललितपुर महानगरमा माओवादीले मेयर दाबी नगर्ने, उपमेयर नछाड्ने

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौंका दुई महानगरमा मेयर दाबी नगर्ने भएको छ । मेयरमा दाबी नगरेपछि उपमेयर भने नछाड्ने माओवादी केन्द्रका नेताहरु बताउछन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनमा पहिले जितेको ठाउँमा सम्बन्धित दलले नै लिने सहमति भएकाले आफूहरुले मेयरमा दावी नगर्ने बताए । ‘गठबन्धनको बैठकमा पहिले जितेको […]

भरतपुर महानगरमा कांग्रेसले मेयरमा दाबी गर्दै डेलिगेसन जाने

काठमाडौं, २२ चैत्र । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै नेपाली कांग्रेसका नेताहरु पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएका छन् । चितवन कांग्रेसका सभापति राजेश्वर खनालसहित नेताहरुको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं पुग्ने भएका हुन् । यस अघिको स्थानीय चुनावमा कांग्रेसको समर्थनमा भरतपुर उपमहानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि […]

किशोर थापा काठमाडौंको मेयरमा नउठ्ने

१८ चैत, काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्‍वार उठ्नेहरुको लहड चहिरहँदा गत चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा १८ हजार ४९६ मत ल्याएर चर्चामा आएका पूर्व सचिव किशोर थापा मेयरमा नउठ्ने भएका छन् । पार्टीले उठाएको उम्मेद्‍वारलाई समर्थन गर्ने भन्दै उनले नयाँ पुस्तालाई मेयर उठाउनु पर्ने बताएका छन् । पाँच वषअघि आफूले इच्छा गरेर मेयर उठेको र […]