काठमाडौं महानगरमा पाँच ठाउँबाट मतगणना

काठमाडौं महानगरपालिकामा पाँच ठाउँबाट मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा गणना भइरहेको हो ।महानगरमा ३२ वडा छन् । कुल ४४५३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५७५ मत, एमालेका केशव स्थापितले ९९५ मत र काँग्रेसकी सृजना सिंहले ८२२ मत ल्याएकी छिन्। राष्ट्रिय सभागृहमा मत गणना जारी छ। बालेनले अग्रता लिएसँगै उनका समर्थक बिहानै राष्ट्रिय सभागृहमा पुगी सकेका छन् ।  

सम्बन्धित सामग्री

काठमाडौं महानगर मतगणना अपडेट : ३७ हजार ७५१ मतगणना गर्न बाँकी

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ ।  गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ ।  आयोगका अनुसार हालसम्म भएको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सु

काठमाडौं महानगरमा वालेनको फराकिलो अग्रता कायमै

काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता कायमै राखेका छन् ।बिहीबार ७ बजेसम्मको गणनामा वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३ मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६१३१५ मतगणना भैसकेको छ ।

यो कछुवागतिमा कहिले सकिन्छ काठमाडौं महानगरको मतगणना?

काठमाडौँ- काठमाडौं महानगरमा मतगणनाको पाँचौ दिन बुधबार दिउँसोसम्म ४१ हजार हाराहारी मात्रै मत गनिएको छ। गत शुक्रबार मतदान सकेर शनिबारदेखि मतगणना सुरु गर्दा हालसम्म महानगरका चार वडा वडाको मात्रै मत गनेर सकिएको छ । शनिबार तीन ठाउँबाट मत गन्न सुरु गरिएकोमा अहिले थपेर नौ ठाउँमा मत गणना भइरहेको छ तर नतिजा असाध्यै सुस्त गतिमा आइरहेको छ […]

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ६८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले एक २१६ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।

काठमाडौं महानगरमा मतगणना सुस्त गतिमा, ३ घण्टामा १०० मत गणना

काठमाडौं : काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिका लागि भएको मतदानको मतगणना अहिले राष्ट्रिय सभागृहमा भइरहेको छ। बिहान ९ बजेर ४५ मिनेटपछि मतगणना सुरु भएको थियो तर धेरै संख्यामा महानगर प्रमुखको उम्मेदवारी हुँदा मतगणनामा ढिलाइ भइरहेको छ। काठमाडौं महानगर प्रमुखका लागि ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। महानगरपालिकाको वडा नं १ र ३२ बाट मतगणना…

काठमाडौं महानगरमा मतगणना अपडेट : बालेन शाहको अग्रता कायमै

काठमाडौं, ३१ बैशाख। काठमाडौंको मेयरमा बालेन शाहले लिए अग्रता कायमै राखेका छन् । ७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले २२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले १८ मत ल्याएर पछ्याएकी छिन् । एमालेका उम्मेद्धवार केशब स्थापित भने १३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भने ३ मत […]

काठमाडौं महानगरमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरबाट मतगणना

काठमाडौं, ३१ वैशाख । शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो । अब भने स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ । सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन […]