काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष र एमाले नेता माधव नेपालबीच छलफल जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकका लागि निम्तो दिए पनि आफूलाई थाहा नभएको बताएका प्रचण्ड कर्णाली सरकारलाई जोगाइदिएका माधव नेपालसँग छलफलमा छन् । कर्णालीमा देखिएको कांग्रेस–माओवादी–माधवको गठबन्धनलाई टिकाउने र केन्द्रमा कसरी अघि बढ्नेबारे छलफल भइरहेको बुझिएको छ ।