आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट छ । सरकारका मन्त्री हेरफेर गर्दा आफ्नो पार्टीसँग कुनै समन्वय नगरेको भन्दै जसपा रुष्ट बनेको हो ।शनिबार मात्रै गठबन्धनबाट बाहिरिने घोषणा गरेको जसपाले लगत्तै कैलालीमा चुनावी तालमेलका लागि एमालेसँग छलफल गरेको हो । सोमबार जसपा र एमालेले जिल्लामा मिलेर चुनावमा जान सकिने सम