काठमाडौं : कोभिड–१९ का कारण देश लकडाउन भएको ९ महिनापछि अर्थात् २०७७ पुसबाट पठनपाठन शुरु हुँदै थियो। सरकारले संक्रमण बढ्दै गएपछि २०७६ साल चैत ११ गते पहिलोपटक लकडाउन गरेपछि शैक्षिक, आर्थिक, व्यावसायिक सबै क्षेत्र बन्दाबन्दीमा परेको थियो।बन्द भएको विद्यालय सञ्चालन हुन थालेपछि विद्यार्थी विद्यालय जान पाएका थिए। कक्षा कोठामा घुलमिल भएर पढिरहेका थिए तर पुनः नेपालमा कोरोना संक्रमण फैलियो र सरकारले ०७८ वैशाख ६ गतेबाट बढी प्रभावित काठमाडौं, ललितपुर, कास्की, रूपन्देही लगायत १४ जिल्ला