यसअघि नै रातोपाटीले २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा महानगरमा कुन दलको कस्तो अवस्था थियो भनेर हामीले विश्लेषण गरिसकेकाे छ । हेर्नुहोस् लिंक ( २०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?) आज भने देशका उप–महानगरपालिकाहरुमा पछिल्लो स्थानीय निर्वाचनमा दलगत अवस्था कस्तो थियो भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।हाल देशभर ११ वटा उप–महानगरपालिकाहरु कायम छन् । यसमध्ये प्रदेश १ मा २, मधेस प्रदेशमा ३, बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १