काठमाण्डाै – कोरोना कहरबीच सुरु भएको २०७७ कोरोनाको अर्को लहरको त्रासबीच बिदा हुँदैछ । कोरोनाको कहरसँगै राजनीतिक घटनाक्रमले २०७७ साल उथलपुथल रूपमा बित्यो तर विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झनलायक वर्षको रूपमा रहेको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै पालिकामा अस्पताल बनाउन सुरु गरिएको छ । सबै पालिका र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महत्त्वको सडक निर्माणको शुभारम्भ भएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित मेल...