नेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले भने, ‘हालसम्म पनि धनुषा–३ कै लागि हामीले प्रयास गरिरहेका