सर्लाही- २ : महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो
सर्लाही- २ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन्। पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।
सर्लाही २ बाट नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव विजयी भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गरेका हुन् । यादवले २३ हजार ५२९ मत पाए । महतोले २१ हजार ५१८ मत पाए । यस्तै नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेश कुशवाहाले ६ हजार […]
१० मंसिर, जनकपुरधाम । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् । महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा […]
जनकपुरधाम – सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)का उम्मेदवार राजेन्द्र महतोले मतान्तर घटाएका छन्। नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव ७ हजार ८०४ मतसहित निरन्तर अग्रता कायम गरेका छन् भने लोसपाका महतो ७ हजार ५७४ मतसहित मतान्तर घटाइरहेका छन्। महतो अहिले यादवभन्दा २३० मतले पछाडि छन्। यस्तै, नेकपा एमालेका राज नारायण साह ६ […]
मुद्दा, एजेन्डा र प्रतिबद्धताले आकर्षित गर्न नसकेको यसपालिको संसदीय निर्वाचनमा मधेसका प्रभावशाली नेताहरूबीचको प्रतिस्पर्धाले भने रौनक बढाएको छ । महिन्द्र राय यादव–राजेन्द्र महतो, अनिल झा–जुली महतो, अमरेश सिंह–नागेन्द्र कुमार–मधुमालाकुमारी यादव, लक्ष्मणलाल कर्ण–प्रदीप यादव–अजय द्विवेदीबीच कठोर संघर्ष छ ।
सत्ता गठबन्धनभित्र सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यी दुवै दल सत्तारुढ गठबन्धनभित्र छन् ।सत्ता गठबन्धनले सुरुमा निकालेको सूचीमा महिन्द्र राय यादव गठबन्धनका आधिकारिक उम्मेदवार रहेको उल्लेख थियो । त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै लोसपाका नेता महतोले उम्मेदवारी दिएका थिए ।तर, पछिल्लो सहमति अनुसार
सत्ता गठबन्धनको फरक–फरक निर्णयले महिन्द्र राय यादव र राजेन्द्र महतो आमनेसामने बनेको सर्लाही–२ मा उम्मेदवारीको विषयमा विवाद उत्पन्न भएको छ । गठबन्धनले जारी गरेको सूची, काँग्रेसले लोसपासँग गरेको सहमति र गठबन्धनले जारी गरेको विज्ञप्तिमा फरक–फरक कुरा उल्लेख भएको कारण सर्लाही–२ मा विवादमा देखिएको हो ।नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव सर्लाही–२ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह
महिन्द्र राय यादव एमालेबाट मधेसको राजनीतिमा आएका नेता हुन् भने राजेन्द्र महतो मधेसकै मुद्दाबाट स्थापित भएका हुन् । दुवै नेतामा मधेसका मुद्दामा कुनै फरक मत देखिँदैन ।