गौतम बुद्ध विमानस्थलमा नियमित उडानका लागि ५ कम्पनी सम्पर्कमा

काठमाण्डौ – भर्खरै निर्माण सम्पन्न भइ व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वायु सेना कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध विमानस्थलबाट चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय उडान गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएसँगै अहिले पाँच कम्पनी सम्पर्कमा आएका हुन् । कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायु सेवा निगम, कतार एअरवेज, थाइल्यान्डको थाई स्माइल वायु सेवा कम्...

सम्बन्धित सामग्री

कुवेत एयरले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।गएको सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।  उनका अनुसार कुवेत–नेपाल दुईतर्फी उडानका लागि करिब दुई

विज एयरले दुई सातापछि गौतम बुद्ध विमानस्थलबाट उडान गर्ने

विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलबाट उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले  उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । […]

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

काठमाडौंः विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन्। यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको…

अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज

काठमाडौं, कात्तिक ६ । करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ । करिब एक वर्षअघि […]

अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज

करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।करिब एक वर्षअघि महेन्द्रनगरको प्रवेश बिन्दुका लागि भारतसँग आग्रह गरिएको भए पनि अझै भारतले सहमति दिएको छैन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएन वायुसेवा सञ्चालकको आकर्षण

फ्लाइ दुबई र सलाम एअरले पनि उडानका लागि चासो व्यक्त गरेको भए पनि प्रारम्भिक छलफल धेरै अघि बढ्न सकेको छैन ।नेपाल वायुसेवा निगमले समेत भैरहवाबाट उडान थाल्ने विषयमा ठोस पहल सुरु गरेको छैन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान आज

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ । (शुक्रवार)आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : यान्त्रिक परीक्षण उडान आजदेखि

कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ढिलै ...

गौतम बुद्ध विमानस्थलबाट परीक्षण उडानको तयारी थाल्न थाई टोली आईपुग्यो

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्राविधिक जाँचका लागि थाइल्याण्डबाट प्राविधिक टोली आईपुगेको छ । परीक्षण उडानको पूर्वतयारीका लागि प्राविधिक जाँच गर्न थाइल्यान्डको प्राविधिक टोली भैरहवा आइपुगेको हो ।मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र ‘आईसीबी टू’ निर्माणको ठेक्का पाएको थाइल्यान्डको एरो थाई कम्पनीका ४ जना प्राविधिक भैरहवा आईपुगेका हुन् । उनीहरुले विमानस्थलमा जडान गरिएका उपकरणको जाँच गरी परीक्षण उडान सुनिश्चित गर्ने छन् । आयोजनाका अनुसार अब यो टोली गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको परीक्षण उडान सकेर मात्रै फर्किने छ । केही दिनपछि अमेरिकी प्राविधिक टोली र परीक्षण उडानका लागि अन्तिममा अस्ट्रियन टोली पनि भैरहवा आउने छन् । बुधबार आईपुगेको थाई प्राविधिक टोलीले बिहीबारदेखि काम थालेको छ ।