भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्राविधिक जाँचका लागि थाइल्याण्डबाट प्राविधिक टोली आईपुगेको छ । परीक्षण उडानको पूर्वतयारीका लागि प्राविधिक जाँच गर्न थाइल्यान्डको प्राविधिक टोली भैरहवा आइपुगेको हो ।मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र ‘आईसीबी टू’ निर्माणको ठेक्का पाएको थाइल्यान्डको एरो थाई कम्पनीका ४ जना प्राविधिक भैरहवा आईपुगेका हुन् । उनीहरुले विमानस्थलमा जडान गरिएका उपकरणको जाँच गरी परीक्षण उडान सुनिश्चित गर्ने छन् । आयोजनाका अनुसार अब यो टोली गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको परीक्षण उडान सकेर मात्रै फर्किने छ । केही दिनपछि अमेरिकी प्राविधिक टोली र परीक्षण उडानका लागि अन्तिममा अस्ट्रियन टोली पनि भैरहवा आउने छन् । बुधबार आईपुगेको थाई प्राविधिक टोलीले बिहीबारदेखि काम थालेको छ ।