सर्लाहीको हरिपुर्वा नगरपालिका-२ मा निर्मित १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढ वर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।