प्रहरी अस्पतालमा न्याम्सको एमडी/एमएस कार्यक्रम सञ्चालन हुने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ। न्याम्सको स्नातकोत्तर तह (एमडी/एमएस) कार्यक्रम प्रहरी अस्पतालमा सञ्चालन गर्न सम्झौता भएको हो।