‘आमा’ शब्द आफैमा सम्मानित छ । आमा बिना सृष्टि नै सम्भव छैन । शनिबार अर्थात आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औँसी । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिन हो आज । त्यसैले आजको दिन आमाको मुख हेर्ने दिनको रूपमा मनाइँदै आएको छ ।आमासँगै भएका र भेट्न जान सजिलो भएकाहरूले मीठामीठा खानेकुरा दिएर आमाप्रति सम्मान र श्रद्धा व्यक्त गर्दछन् । आमालाई भेट्न जान नसकेकाहरूले फोनमा र आमा नभएकाहरू मतातीर्थसम्म पुगेर आमालाई सम्झने चलन पनि छ ।यो भन्दा बढी सम्झना र भावना देख्न प