महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन । राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत छन् । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । स