राष्ट्रिय बीमा संस्थानको पुरानो तीन ओटा आर्थिक वर्षको साधारण सभा सम्पन्न

भदौ २७, काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विगत तीन ओटा आर्थिक वर्षको साधारण सभा शनिवार सम्पन्न गरेको छ ।  कम्पनीले आर्थिक वर्ष ०६६/ ६७, ०६७/ ६८ र ०६८/ ६९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारितका लागि शनिवार ३१औं वार्षिक साधारण सभा सम्पन्न आयोजना गरेको हो । सर्वसाधारणका लागि आईपीओ जारी गरी बोनस तथा हकप्रद शेयर मार्फत रू. २ अर्ब चुक्तापूँजी कायम गर्ने योजना साथ अघि बढेको संस्थानले समयमै साधारण सभा गर्न नसक्दा पूँजी वृद्धि अभियान अन्योलमा परेको हो । संस्थानले लामो समयदेखि बाँकी रहेको आर्थिक वर्ष ०६६/ ६७, ०६७/ ६८ र ०६८/ ६९ को वार्षिक लेखापरिक्षण सम्पन्न गरी साधारण सभा मार्फत पारित गराएका हो ।  संस्थानका प्रशासक कवि प्रसाद पाठकले पुराना हिसावकितावको तथ्याङ्क व्यवस्थित नभएको र कतिपय अभिलेखनै नष्ट गरेका कारण पुराना आर्थिक वर्षको लेखा परिक्षण हुन ढिलाइ भएको जानकारी दिए ।  अब संस्थानको वित्तीय व्यवस्थान डिजिटल प्रविधिबाट गरिने जानकारी दिदैं आगामी दिनमा यो समस्या नदोहोरिने विश्वास व्यक्त गरे । उनले बाँकी आर्थिक वर्षको साधारण सभा समेत यसै आर्थिक वर्षभित्र सम्पन्न गरी संस्थानले पूँजी वृद्धिको अभियान अघि बढाउने बताए ।  आर्थिक वर्ष ०६९/ ७०, ०७०/ ७१ र ०७१/ ७२ को लेखापरिक्षण सम्पन्न गरी स्वीकृतिका लागि बीमा समितिमा गत असार मसान्तमै पेश भइसकेको र आर्थिक वर्ष ०७२/ ७३, ०७३/ ७४  र ०७४/ ७५ को लेखापरिक्षण समेत समयमै सम्पन्न गर्ने योजना संस्थानको रहेको प्रशासक पाठकले जानकारी दिए । शनिवार सम्पन्न सभाले आर्थिक वर्ष ०७२/ ७३, ०७३/ ७४ र ०७४/ ७५ को लेखापरिक्षणका लागि लेखापरिक्षकद्वय केशव प्रसाद न्यौपाने र नन्दकिशोर शर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।  हाल संस्थानको चुक्तापूँजी रू. रू. १८ करोड १० लाख २० हजार रहेको छ । यो पूँजी वृद्धि गरी बीमा समितिको निर्देशन बमोजिम संस्थानले रू. २ अर्ब कायम गर्नुपर्नेछ । 

सम्बन्धित सामग्री

नेपाल जाइका एसोसियसनको साधारण सभा सम्पन्न

नेपाल जाइका एसोसियसन (जान) को ४९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा यहि फागुन २७ गते एक विशेष कार्यक्रमका बिच सम्पन्न भएको हो।...

पत्रकार महासंघ लुम्बिनीको साधारण सभा पुसमा

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासंघको भालुवाङमा बसेको बैठकले केन्द्रीय परिपत्र अनुसार साधारण सभा पुस २ गर्ने निर्णय गरेको हो ।बैठकले साधारण सभा सम्पन्न गर्न वसन्त गिरीको अध्यक्षतामा मूल तयारी समिति गठन गर्नुका साथै महासचिव विक्रम खड्काको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय समिति गठन गरेको छ । कोषाध्यक्ष यमनाथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको बैठकले प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरूलाई अधिवेशन सम्पन्

एन्फाको विशेष साधारण सभा सुरु

काठमाडौं, १५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो । यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो । साधारण सभामा निर्वाचनमा केन्द्रित लगायत अन्य बिभिन्न एजेण्डाहरुमा […]

एन्फाको विशेष साधारण सभा दोस्रो पटक स्थगित

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारण सभा स्थगित भएको छ । एन्फाको साधारण सभा दोस्रो पटक स्थगित भएको हो । प्राविधिक कारणवश भोलिका लागि तय भएको साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले निकालेको विज्ञप्तिमा उल्लेख छ । यसअघि गएको माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा पनि स्थगित भएको थियो । स्थगित विशेष साधारण सभाको अर्को मिति पछि सूचित गरिने विज्ञप्तिमा उल्लेख छ ।

एन्फाको विशेष साधारण सभा फेरि स्थागित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) विशेष साधारण सभा दोस्रो पटक पनि स्थगित भएको छ । शनिबार विहान ११ः३० बजेका लागि भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारण सभा प्राविधिक कारणवश स्थागित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा […]

एन्फाको साधारण सभा स्थगित

अखिल नेपाल फुटबल संघ(एन्फा) को साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते बिहान ९ बजे भर्चुअल रूपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् । रोकिएको साधारण सभा फागुन ८ गते बिहान साढे ११ बजे भर्चुअल रूपमा गर्ने एन्फाले जनाएको छ ।

क्यानको वार्षिक साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]

मध्य पुसमा क्यानको साधारण सभा

नेपाल क्रिकेट संघ (क्यान)ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ।

नाडाको ४५ औं वार्षिक साधारण सभा मंसिरमा

नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो ।नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा असोज ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । नाडाको साधारण सभा तथा निर्वाचन सोल्टी होटलमा हुने छ ।नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशन सम

जनरल इन्स्योरेन्सले फेरि बोलायो साधारण सभा

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले यही असार २१ गतेका लागि तेस्रो साधारण सभा बोलाएको हो। यसअघि कोभिड–१९ का कारण वैशाख २४ गतेलाई बोलाइएको बैठक स्थगित भएको थियो। केन्द्रीय कार्यालयमा असार २१ गते बिहान ११ बजेबाट साधारण सभा सुरु हुने कम्पनीले बताएको छ।