एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाका तीव्र गतिका बलर जोडी मिचेल स्टार्क र प्याट कमिन्स मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । दुबईमा भएको अक्सनमा फ्रेन्चाइज टोलीले उनीहरूका लागि करोडौं डलरको बोली लगाएका थिए ।