ठमेलको फोहोर व्यवस्थापनमा महानगर प्रमुख बालेनको चासो

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहोरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेका छन्। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गरेका नगरप्रमुख शाहले ठमेलको छाँया सेन्टर परिसरको सडकमा पर्यटन […]

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर व्यवस्थापन : महानगर प्रमुख बालेन शाह घरदैलो अभियानमा (भिडियो)

काठमाडौं महानगरका मेयर बालेन शाह अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । महानगर प्रमुख शाह काठमाडौंको फोहोर  व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमसहित  घरदैलो अभियानमा जुटेका हुन् ।काठमाडौं महानगरपालिकाले  अहिले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ । महानगरको सो कार्यक्रम साउन १ गतेदेखि लागू हुँदैछ ।  भिडियो :

वीरगञ्ज महानगरको सार्वजनिक सुनुवाइ सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइका क्रममा नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख विजयकुमार सरावगीले बितेका २०/२५ वर्षमा हुन नसकेको विकास निर्माणको काम आफूले साढे ४ वर्षमा गरेको दाबी गरे । आफूले महानगरको नेतृत्व सम्हाल्दा महानगर ऋणमा डुबेको बताउँदै प्रमुख सरावगीले भने, ‘महानगरले सीमित स्रोतका बीच विकास निर्माण र नागरिकलाई सेवा प्रवाहमा उल्लेखनीय काम गरेको छ ।’ विगतको तुलनामा महानगरको आयस्रोतमा सुधार आएको पनि उनले बताए । महानगरले कोरोना महामारी नियन्त्रणमा नमूना काम गरेको पनि उनको भनाइ छ । उज्यालो वीरगञ्ज, पूर्ण खोपजस्ता नमूना कार्यक्रम अन्य पालिकाका लागि पनि अनुकरणीय भएको उनले बताए । ‘फोहोर व्यवस्थापनमा निजीक्षेत्रको सहभागिता, अस्पतालजन्य फोहोर व्यवस्थापन, सडक, नाला, बसपार्कजस्ता संरचनाको निर्माण तथा नागरिकलाई सेवा प्रवाहमा व्यापक सुधार आएको छ । यसलाई अझ प्रभावकारी बनाउन नगरवासीको रचनात्मक सहकार्यको खाँचो छ,’ उनले भने । वीरगञ्ज कारागारलाई स्थानान्तरण गर्ने योजना पनि सरावगीले सुनाए । ‘वीरगञ्जको मध्यभागका रहेको कारागारका कारण विभिन्न समस्या भएको छ । यसलाई मुख्य शहरबाट केही पर सार्ने योजना छ,’ उनले भने । नगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै सरावगीले विभिन्न योजना अघि बढाउन समस्या भएको बताए । महानगरले युवा, ज्येष्ठ नागरिक, महिला, बालबालिका, रोजगारी, उद्यम, व्यापार प्रवद्र्धनलगायत कार्यक्रम ल्याएको उनको भनाइ थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम वीरगञ्ज महानगर वडा नं ५ का अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको थियो । अध्यक्ष चौरसियाले आफूले सो वडालाई विकासमा नमूना वडा बनाउने प्रयास गरेको बताए । सीमित स्रोतसाधन भएर पनि सडक तथा नाला निर्माण, सीसीटीभी क्यामेरा जडान, विद्युतीकरणलगायत काम गरेको र वडावासीको समस्याको समाधानमा आफू सधैं तत्पर रहेको पनि महानगर प्रमुख सरावगीले बताए । कार्यक्रममा सहभागी अधिकांशले सो वडामा उल्लेखनीय विकासका काम भएको बताए । उनीहरूले महानगरले विकास निर्माणका योजना र सेवा प्रवाह अझ बढी प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका थिए ।

फोहोर उठाउन नसकेपछि प्रधानमन्त्रीलाई गुहार्दै काठमाडौंका मेयर

फोहोर व्यवस्थापन गर्न नसकेपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।