सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

काठमाडौँ, १२ माघ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शनसहित महानगरपालिका […]

सम्बन्धित सामग्री

सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

निर्माण व्यवसायीले सडक र सिँचाइ विभागमा लगाए ताला

नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि सुरु भएको छ । महासंघले ललितपुर चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलमा रहेको सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर ताला लगाएका हुन् । महासंघ अध्यक्ष...

बैंकविरुद्ध उद्याेगी व्यवसायीकाे प्रदर्शन

काठमाण्डाै – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरूविरुद्ध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका नाै वटा महासङ्घ र ३८ वटा सङ्घले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका हुन् ।  विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतङ्कलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताउनुभयो...

नसुहाउँदो आन्दोलन

विगतमा नसुहाउँदो आन्दोलन, तिनका भ्रातृ संगठनलगायतले गर्ने विरोध र बन्दका कार्यक्रमप्रति सधैं नकारात्मक भावना पोख्ने निजी क्षेत्र अहिले आफैं आन्दोलनमा होमिएको छ । श्रमिक, मजदुर एवं कर्मचारी, विद्यार्थीलगायतले सरकारसँग विभिन्न किसिमका माग राखेर सडक अवरुद्ध गर्ने काम गर्दै आएकामा अहिले त्यसको बिँडो उद्यमी–व्यवसायीले थामेका छन् । करिब एक–डेढ वर्षदेखि उद्योगी–व्यवसायी ‘यो र त्यो’ को मागमा […]

बैंकको चर्को ब्याजदर र आतंक बिरुद्ध व्यवसायीद्वारा सडक आन्दोलन

काठमाडौं, १६ माघ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ,नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न आन्दोलन गरिएको बताए।

पार्किङको माग गर्दै बागबजारका व्यवसायी आन्दोलित

आफूहरुलाई सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले आन्दोलन गरेका छन्।  विकल्प नदिई आफूहरुलाई सडकमा पार्किङ गर्नबाट रोक लगाइएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्। महानगरपालिकाले सडक छेउमा पार्किङ गरिएका सवारीलाई...

पार्किङ माग गर्दै बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिए

१५ मंसिर, काठमाडौं । सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् । महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरु बताउँछन् । सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय […]

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलित

काठमाडौँ – ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र […]

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन्। बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा मौन...

मंगलवारदेखि हेटौंडा केन्द्रित आन्दोलन गर्दै यातायात व्यवसायी

काठमाडौं । स्थानीय रूटमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडादर बढाउनुपर्ने माग राख्दै सोमवार बिहानैदेखि काठमाडौंमा आन्दोलन गरेका यातायात व्यवसायीले मंगलवारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा आन्दोलन गरेर आफ्ना माग पूरा नहुने भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् । दिनभर आन्दोलनमा रहेका व्यवसायीले सोमवार बेलुका बैठक बस्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न र आफ्ना माग पूरा गराउन प्रदेश राजधानी जाने निर्णय गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले मंगलवारदेखि नै आफूहरू मुख्यमन्त्री र विभागीय मन्त्रीको कार्यालय घेराउ गर्न हेटौंडा जाने बताए । ‘बरु हामी दशैं मनाउँदैनौं, तर आफ्ना माग पूरा गराएरै छाड्छौं,’ उनले भने । व्यवसायीले छाटो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाउनुपर्ने माग राख्दै काठमाडौंको चक्रपथमा चल्ने गाडी बाटोमै तेस्र्याएर आन्दोलन गरेका थिए । व्यवसायीले ग्वार्को, कोटेश्वर, गौशाला, सातदोबाटो, चाबहिल, सुकेधारा, कलंकी लगायत स्थानमा खाली गाडीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । उनीहरूले गाडीले यात्रु बोकेको पाएमा बीच बाटोमै रोकेर हिँड्न बाध्य पारेका थिए । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सवारीसाधनमा पहिलेको भाडादरमा २८ प्रतिशतले वृद्धि गरे पनि प्रदेश अन्तर्गतका जिल्लामा चल्ने सवारीसाधनमा भने भाडादर बढाएको छैन । यी जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने भए पनि बागमती प्रदेशले छोटो दूरीका सवारीसाधनमा भाडा बढाउनेबारे हालसम्म कुनै निर्णय नगर्दा व्यवसायी आन्दोलित भएका हुन् । सोमवारको आन्दोलनमा काठमाडौंसहित धादिङ, रसुवा, मकवानपुर, सिन्धुपाल्चोक लगायत जिल्लाका ७२ ओटा कम्पनीका करीब ५ हजार सवारीसाधन र त्यसमा काम गर्ने १० हजार मजदूर रहेका थिए ।