काठमाण्डाै – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरूविरुद्ध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका नाै वटा महासङ्घ र ३८ वटा सङ्घले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका हुन् ।
विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतङ्कलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताउनुभयो...