बंगलादेश बैंकको शेयर खरीद बिक्रि विवाद अदालतमा, दुगडले हाले २ वटा मुद्दा

नेपाल बंगलादेश बैकको प्रमुख संस्थापक शेयरधनी आई.एफ.आई.सि.बैक विरुद्द सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले मुद्दा दायर गरेका छन् । अध्यक्ष दुगडले आई.एफ.आई.सि.बैक, नेपाल बंगलादेश बैंक र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर उच्चा दलत पाटनमा पुस २१ गते २ वटा मुद्दा दायर गरेका छन् ।  आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको शेयर बिक्रि गर्नको आई.एफ.आई.सि.बैकले आफुसँग सम्झौता गरेको तर सम्झौता विपरित अहिले शेयर अरु नै पक्षलाई बिक्रि गर्न लागेको भन्दै दुगडले मुद्दा दायर गरेका हुन्  । बैंकको सम्पूर्ण सेयर १५७ रुपैयाँ प्रति कित्ताका दरमा खरिद गर्ने गरी सम्झौता भएको र सो सम्झौता बिपरित अहिले आई.एफ.आई.सि बैंकले अर्कै समुहलाई शेयर बिक्रि लागेको भन्दै दुगडले मुद्दा दायर गरेक हुन्। दुगडले निषेधाज्ञा र परमादेश गरि २ वटा मुद्दा दायर गरेका हुन् । सम्झौता गरिसकेको अवस्थामा आफुलाई निषेध गरेर अर्को पक्ष सँग शेयर खरीद बिक्रि गर्न लागेको भन्दै उनले त्यसलाई रोक्न माग गरेका छन् ।  त्यस्तै उनले आफुसँग भएको पुरानो सम्झौता अनुसार नै शेयर खरीद बिक्रिको प्रक्रिया अगाडी बढाउँनको लागि परमादेशको माग गरेका छन् । उनले यसबारे नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् ।अदालतमा दायर गरेको मुद्दामा आज पेशी तोकिएपनि उनकै कानुन व्यवसायीको तर्फबाट स्थगित भएको छ । उच्च अदालतका मुख्य न्यायधीश नृपध्वज निरौला र न्यायाधिश नारायण प्रसाद पौडेलको संयुक्त इजलाशमा यो मुद्दा क्रमश १ र २ नम्बरमा पेशी तोकिएको थियो । तर दुवै मुद्दाको सुनुवाई उनकै कानुन व्यवसायीको तर्फबाट स्थगित भएको छ । 

सम्बन्धित सामग्री

ताप्लेजुङमा पाठ्य पुस्तक बिक्रि वितरण सुरु

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि सरकारी विद्यालयका पाठ्य पुस्तक बिक्रि वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयहरुलाई पाठ्यपुस्तक बिक्रि गर्न थालेका हुन् । लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्रि वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्य […]

६३ हजार डलरमा बिक्रि भयो पूरानो मोडलको आईफोन

पहिलो पुस्ताको आईफोन ६३,३५६ डलरमा लिलामीमा बिक्रि भएको छ । जुन यसको मूल मूल्यभन्दा १०० गुणा बढी हो । अझै पनि यसको बक्समा नै रहेको सन् २००७ को आइफोन लिलामीमा बेचिएको थियो । ५० हजार डलरमा बिक्रि हुने अपेक्षा गरिएकोमा त्योभन्दा १३ हजार डलरभन्दा बढी मूल्य पाएको छ । २,५०० डलरबाट बिडिङ सुरु भएको थियो […]

सान्जेन जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

काठमाडौं, भदौ ५ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आजदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं, जेठ २४ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी जिल्लाका स्थानीयलाई ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख […]

बैंक अफ काठमाण्डूको बिक्रि प्रबन्धमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, ३ चैत्र । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो । सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर […]

न्यादी हाइड्रोपावरको १८ लाख कित्ता आईपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं, १ भदौ । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि १८ लाख कित्ता साधारण शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यका उक्त कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई बिक्रि गर्न लागेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा ६,७ र ८ का स्थानिय बासिन्दाहरुका लागि […]

हकप्रद शेयर बिक्रि गर्दै समृद्धि फाइनान्स

काठमाडौं, १८ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय बराबरको २७ लाख २९ हजार ७०५ कित्ता बिक्रि गर्ने भएको हो । कम्पनीले साउन १५ गते नै शेयर निष्कासनको लागि बोर्डमा निवेदन […]

माछापुच्छ्रे बैंकले १० वर्षे अवधिको ८ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्रि गर्ने

काठमाडौं, २३ असार । माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्रि गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको असार ३१ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ३ अर्बको ३० लाख कित्ता ऋणपत्र बिक्रि गर्न लागेको हो । बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७’ नामको ऋणपत्र जारी गर्न लागेको हो । कुल ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट संघसंस्थालाई […]