न्यादी हाइड्रोपावरको १८ लाख कित्ता आईपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं, १ भदौ । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि १८ लाख कित्ता साधारण शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यका उक्त कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई बिक्रि गर्न लागेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा ६,७ र ८ का स्थानिय बासिन्दाहरुका लागि […]

सम्बन्धित सामग्री

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९१ प्रतिशतको हात खाली

न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । गोला प्रथा मार्फत भएको कम्पनीको आईपीओ बाँडफाँटमा जम्मा २ लाख ९ हजार २५० जनाले प्रतिव्यक्ति १० कित्ताकादरले सेयर हात पारेका । कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन खुल्ला गरिएकोमा कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएका थिए भने १३ हजार ९४६ जनाको आवेदन रद्द भएक

न्यादी हाइड्रोपावरको आईपीओमा माग गरेभन्दा १३ गुणा बढीले दिए आवेदन

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने समय सीमा समाप्त भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार साँझ ५ बजे सकिएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमईले दिएको सूचना अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओ खरिदका लागि २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन लिएका छन् । यद्यपि, कम्पनीले भने जम्मा

न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन ।  कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार सकिदैछ । यद्यपि, आईपीओ निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा नै माग गरेभन्दा तीब्र संख्यामा आवेदन परिसकेको कम्पनीले जनाएको छ ।कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात्

न्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

असोज ६, काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ बुधवार बाँडफाँट हुँदैछ ।  कम्प्नीले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा ५ः३० बजे बाँडफाँट हुने बताएको छ । कम्पनीले भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सोही शेयर बाँडफाँट गर्न लागेको हो ।   कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न ३,६,७ र ८ का स्थानिय बासिन्दका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानियलाई १० लाख कित्ता छुट्याएको थियो । उक्त आइपीओमा रू. ३८ करोड ६२ लाख ४४ हजार बराबरको आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिएका छन् । त्यसैगरी न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर छुट्याएका थियो ।  कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर रेटिङ डबल बी इस्युआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ । कम्पनीले लजमुङ जिल्लामा ३० मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

न्यादी हाइड्रोपावरको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन ?

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।

न्यादी हाइड्रोपावरको आईपीओ खुला

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक सेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।सो आईपीओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिसेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता सेयर कम्पन

न्यादी हाइड्रोपावरको आईपीओ निष्काशन

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ। उक्त आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा संस्थापक शेयरधनीहरुले भर्न सक्नेछन्। १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन...

१८ लाख कित्ता सेयर निष्काशन गर्दै न्यादी हाइड्रोपावर

न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि कुल १८ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका ३, ६, ७ र ८ वडाका स्थानीयलाई ५ लाख र जिल्लाको अन्य स्थानीयलाई १० लाख कित्ता गरी १५ लाख र बाँकी रहेको ३ लाख कित्ता सेयर कम्पनीले संस्थाको संस्थापक सेयरधनी कर्मचारीलाई वितरण गर्न लागेको

न्यादी हाइड्रोपावरले ४० लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमााडैं, १७ साउन । न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । न्यादीलाई नेपाल धितोपत्र बोर्डले ४० लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको लमजुङ जिल्लामा निर्माणाधिन न्यादी हाइड्रोपावर लिमिटेडलाई धितोपत्र बोर्डले अनुमति दिएसंगे निकट भविक्ष्यमा यसको निर्माण सुरु हुने कम्पनीले जनाएको […]