कर्णालीका पाँच जिल्लामा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच

कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम)मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ।

सम्बन्धित सामग्री

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका पाँचओटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।  प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर्माण र जुम्ला तथा आसपासका जिल्लामा विद्युतीकरण विस्तार गर्ने तयारी गरिएको हो ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विस्तार भइसकेको जानकारी दिए । ‘नियमितरूपमा विद्युत् सेवा प्रवाह गर्न अति आवश्यक छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘जुम्लासम्म थप एक सय ३२ केभी प्रसारण लाइन विस्तार गर्न प्राधिकरण रातदिन लागिपरेको छ । यहाँका उपभोक्ताले केही वर्षपछि ढुक्कसँग विद्युत् बाल्न पाउनुहुनेछ ।’  हाल निर्माणाधीन सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइनको काम हुँदै गरेको कार्यकारी निर्देशक घिसिङले बताए । उजुम्लामा सबस्टेसन निर्माण हुने ठाउँ तथा सबस्टेसनसँग जोडिने लाइनहरू र प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नुको उद्देश्य र महत्वबारे कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।   जुम्लाका सङ्घीय सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विद्युत् विस्तारलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । उनले जिल्लाका सबै क्षेत्रमा विद्युत् सेवा प्रवाह हुन नसकेको बताए ।   जुम्लासम्म एक सय ३२ केभी प्रसारणलाइनको विस्तार कार्य अगाडि बढाउन प्राधिकरणलाई ध्यानाकर्षण गरेको सांसद शाहीको भनाइ छ । कर्णालीमा ऊर्जा क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रदेखि विभिन्न दातृ निकायलाई सांसद शाहीले अनुरोध गरे ।   जिल्ला समन्वय समिति, जुम्लाका प्रमुख गैरीनन्द आचार्याले नाममात्रको विद्युत् भएकाले नियमित रूपमा विद्युत् सेवा प्राधिकरणले दिन नसकेको गुनासो गरे । जुम्लाका आठओटै स्थानीय तहका गाउँगाउँसम्म राष्ट्रिय प्रसारण लाइन अझैसम्म पुग्न नसकेको चन्दननाथ नगरपालिकाप्रमुख राजुसिंह कठायतको भनाइ छ ।   प्राधिकरणको केन्द्रीय कार्यालयको टोलीसँग वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एसियाली विकास बैंकका प्रतिनिधिहरूले जुम्लाको ऊर्जा क्षेत्रमा लगानी र सम्भावनाबारे यहाँका सरोकारवालासँग छलफल गरेका थिए । रासस

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला, १३ मङ्सिर । जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ । प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर्माण र जुम्ला तथा आसपासका जिल्लामा विद्युतीकरण विस्तार गर्ने तयारी गरिएको हो […]

७६ जिल्लामा पुग्यो राष्ट्रिय प्रणालीको विद्युत्

काठमाडौं। नेपालको ७६ जिल्लामा राष्ट्रिय प्रणालीको विद्युत्को पहुँच पुगेको छ । कर्णाली प्रदेशको मुगुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएसँगै विद्युत्को राष्ट्रिय प्रणालीमा जोडिएका जिल्ला ७६ ओटा पुगेका हुन् । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुर्‍याएको हो । यसका लागि करीब ८५ किलोमिटर लाइन निर्माण गरिएको छ । प्राधिकरणले आइतवारदेखि गमगडीलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन शुरू गरेको छ ।  प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई ‘सर्भे’ भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने जानकारी दिए । उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताए । हाल मुगुमा प्राधिकरणका ३ हजार ५०० घरधुरी ग्राहक छन् । गतवर्षको असोजमा आएको विनाशकारी वर्षाका कारण गमगाड साना विद्युत्गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै ‘डिजेल जेनेरेटर’ जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो । यसैगरी, बाढीपहिरोबाट विद्युत्गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मतपछि विद्युत्गृह सञ्चालनमा ल्याइएको थियो । मुगुको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति गर्ने कार्य भइरहेको प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

राष्ट्रिय प्रसारण लाइन अध्ययन गर्न विज्ञ टोली हुम्लामा

दिनहुँ लोडसेडिङको मार खेपिरहेको हुम्लामा राष्ट्रिय प्रसारण लाइनको अध्ययन गर्न विज्ञ टोली आइपुगेको छ । हालसम्म विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन नजोडिएका हिमाली जिल्ला हुम्ला र मुगुका लागि अध्ययन गर्न नेपाल विद्युत् प्राधिकरणको समन्वयमा परामर्शदाता विज्ञ टोली जिल्लामा आइपुगेको हिल्दुम वितरण केन्द्रका प्रमुख ईन्जिनियर साजन ऐडीले बताए ।

कर्णालीका तीन जिल्लामा पुगेन राष्ट्रिय प्रसारण लाइन

कर्णाली प्रदेशका तीन जिल्लामा अहिलेसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । पछिल्लो समय कर्णालीका

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण ग

मनाङमा राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

मनाङ – केन्द्रीय विद्युत प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत सेवामा बाढीपहिराले क्षति पुर्‍याएको छ । यही असारको सुरुदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीपहिराले प्रसारण लाइनमा ८० लाख बराबरको क्षति पु¥याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले […]

राष्ट्रिय प्रसारण लाइन आएको ५ महिनामै क्षति

मनाङ : केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पुर्‍याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो ।  बाढीपहिराले प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पुर्‍याएक…

राष्ट्रिय प्रसारण लाइन आएको ५ महिनामै क्षति

मनाङ : केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पुर्‍याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो ।  बाढीपहिराले प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पुर्‍याएक…