उपसभामुखमा सत्ता गठबन्धनबाट भुसालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालले संघीय संसद भवन नयाँ बानेश्वरमा आज (बिहिबार) मनोनयन दर्ता गराउनुभएको हो । भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको छ । उपसभामुखको निर्वाचन शुक्रबारको लागि […]