काठमाण्डाै – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सामु नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लाचार र निरीह देखिएका छन् ।
एकीकृत कारोबार सुरु गरेको ३ दिनपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रकाशित गरेको द्वैमासिक प्रतिवेदन अपत्यारिला तथ्यले भरिएको भए पनि नेपाल राष्ट्र बैंकले कुनै स्पष्टीकरण सोधेको छैन । स्मरणीय छ, एकीकृत कारोबार सुरु हुने अघिल्लो दिनसम्म गाभ्ने बैंकले गाभिएका बैंकको एकीकृत कारोबार सुरु हुने दिनसम्मको कारोबार सार्वजनिक गरेका थिए । मर्जरको सम्झौता गरेपछि अलग–अलग कारोबार गर्दा कुमारीले एन...