दुई महिनादेखि धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन, दैनिक कामकारबाही प्रभावित

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से) नेतृत्वविहीन भएको करिब दुई महिना बितिसक्दा पनि सरकारी निकायले कुनै चासो देखाउन सकेको छैन । नियामक नेतृत्वविहन हुँदा पुँजी बजारमा हुने पोलिसी निर्माणदेखि दैनिक...

सम्बन्धित सामग्री

नेप्सेलाई कारबाही गर्दै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारबाही गर्ने तयारी गरेको छ । कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को विषयलाई लिएर नेप्सेलाई कारबाही गर्ने तयारी गरेको बोर्ड अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।  बोर्ड सञ्चालक समितिको बैठकले नेप्सेलाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष हमालले नेप्सेसँग यस विषयमा स्पष्टीकरण माग गरेको बताए । नेप्सेलाई स्पष्टीकरणका लागि १५ दिन दिइने र स्पष्टीकरण चित्तबुझ्दो नभए ऐनमा भएको व्यवस्थाअनुसार कारबाही गरिने अध्यक्ष हमालको भनाइ छ । धितोपत्र कारोबारसम्बन्धी संवेदनशील विषयमा गलत कार्य गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइने हमाल बताउँछन् । बोर्ड र नेप्से दुवै सरकारी निकाय भए पनि पहिलोपटक एउटा सरकारी निकायले अर्कोलाई कारबाही गर्ने तयारी गरेको हमालले स्पष्ट पारे । पहिलोपटक एउटा सरकारी निकायले अर्कोलाई कारबाही गर्ने तयारी गरेको छ । धितोपत्र बजारको संवेदनशील तथ्यांक कम्पनी विशेषको पहुँचमा रहेको दाबी बोर्डको छ । हाल धितोपत्रको दोस्रो बजारको कारोबार व्यवस्थापनका लागि वाइको कम्पनीले निर्माण गरेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा छ । निजी कम्पनी वाइकोको पहुँचमा धितोपत्रको दोस्रो बजारका लगानीकर्ताका सम्पूर्ण विवरण पुगेकोमा बोर्डले नेप्सेलाई कारबाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको बुझिएको छ ।  नेप्सेले असोज ७ गते नै बोर्डबाट पत्र आए पनि प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की एक कार्यक्रममा सहभागी हुन देशबाहिर गएकाले पत्र नखोलिएको बताएको छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले प्रमुख कार्यकारी अधिकृत कार्यालयमा उपस्थित भएपछि मात्र पत्र खोलिने र आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए । बोर्डले पछिल्लो समय कारबाहीको प्रक्रियालाई निरन्तर अघि बढाइरहेको छ । केही दिनअघि मात्र बोर्डले रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई नगद जरीवानासहित कारबाही गरेको थियो । केयर रेटिङ नेपालले कानूनविपरीत रेटिङ गरेको ठहर गर्दै बोर्डले ५० हजार रुपैयाँ नगद जरीवाना गराएको हो । रेटिङ कम्पनीलाई बोर्डले कारबाही गरेको यो पहिलो घटना थियो । यसबाहेक विभिन्न ब्रोकर कम्पनी, संस्थागत लगानीकर्ता र मर्चेन्ट बैंकरलाई समेत बोर्डले कारबाही गरिसकेको छ ।

धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ

काठमाडौँ– बैंकमा तरलता अभावका कारण सेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् । नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख पद रिक्त रहेको तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह […]

धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला

सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वको लागि आवेदन खोलेको छ ।पुँजी बजारको नियामक निकाय र बजारको पहिलो नियमनकारी दुवै नेतृत्वविहीन भएको करिब दुई महिनापछि बोर्ड अध्यक्ष र नेप्सेको सिइओ बन्नका लागि अर्थ मन्त्रालयले सूचना निकालेको हो ।सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा बोर्ड अध्यक्ष छनौट समित गठन गरेको […]

धितोपत्र  बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वको लागि आवदेन

धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन बनेपछि राफसाफ कोष योजना प्रभावित

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेतृत्वविहीन बन्न पुगेपछि राफसाफ कोष खडा गरी रकम जम्मा गर्ने योजना प्रभावित बन्न पुगेको छ । १ साउनबाटै कार्यान्वयनमा ल्याउन...

नेतृत्वबिहिन अवस्थामा पूँजीबजारको नियामक धितोपत्र बोर्ड र नेप्से

भदौ १९, कठमाडौं । नेपाली पूँजीबजारको नियामक रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज यतिखेर नेतृत्व बिहिन भएको छ । नेपाली पूँजीबजारको नियमनकारी निकायमा रुपमा रहेका ती निकायका प्रमुखहरु प्राथमिक बजारमा बहुप्रतिक्षित बुक विल्डिंग विधिबाट शेयर निस्कासनको तयारीमा रहेको सर्बोत्तम सिमेन्टको शेयरमा संलग्न रहेको आरोप लागेको छ । र सोही आरोपपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिइसकेका छन् भने सरकार स्वयंले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरिसकेको छ । सीईओ साउदले पदबाट राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म सञ्चालक समितिको बैठकले  निरन्जन फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ। त्यस्तै सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना सोही विषयमा छानबीन गर्न सरकारले समिति गठन गरेसँगै उनी पदबाट निलम्बित भएका छन्। बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानून विपरीत आफन्तका नाममा खरीद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।  कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाको छोरी रेबिका ढुंगाना र सोही बराबरको शेयर नै नेप्सेका सीईओ चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको पाइएको थियो । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो । सर्वोत्तमले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ । नेप्सेका तत्कालिन सीईओ साउदले श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरीद गरेको तथ्य बाहिरिएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् । गत साउन १३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र साउन १४ मा नेपाल स्टक एक्सचेन्जलाई यसबारे यथार्थ के हो, त्यसको स्पष्ट, तथ्यपरक जवाफ ३ दिनभित्र पेश गर्न पत्र काटेको थियो । अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष तथा नेप्सेका सीईओसँग स्पष्टीकरण नमागी बोर्ड र नेप्सेका नाममा पत्र पठाएको थियो र उनीहरूले स्पष्टीकरणमा गलत नगरेको दाबी गरेका थिए । उता अर्थमन्त्री जनार्दन शर्माले भने दोषीमाथि कारबाही हुने बताउँदै आएका छन् ।  नेपालको शेयर बजारलाई नियमन गर्ने प्रमुख निकाय धितोपत्र बोर्ड र दोस्रो बजार सञ्चालन गर्ने निकाय नेप्सेका प्रमुखहरु नै कारबाहीमा परेपछि सरकारले ती निकायका नयाँ प्रमुखमा कहिले र कसलाई नियुक्त गर्छ भन्ने बारेमा लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् ।

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरूले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरवारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरित सेयर कारोबार गरेको […]

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

४ भदौ, काठमाडौं । संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना […]

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई पदीय आचरणविपरीत सेयर कारोबार गरेको

धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयको स्पष्टीकरण

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई स्पष्टीकरण सोधेको छ । बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बुक बिल्डिङमार्फत साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सार्वजनिक भएसँगै मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बिहीबार बोर्डलाई […]