धितोपत्र बोर्ड अगाडि शेयर लगानीकर्ताको धर्ना

५ असोज, काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अगाडि शेयर बजारका लगानीकर्ताहरुले धर्ना दिएका छन् । लगानीकर्ताहरुले १८ बुँदे माग राख्दै बोर्ड कार्यालय अगाडि पुगेर मंगलबार धर्नामा बसेका हुन् । उनीहरुले विभिन्न १८ बुँदे मागहरु अघि सारेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो अख्तियार दुरुपयोग गरी बजार घटाउन लागिरहेको […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकको ४/१२ नीतिका कारण शेयर बजार घटिरहेको छ - अध्यक्ष हमाल

काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ । आज मङ्गलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरूले पनि शेयर बजार घट्नुमा राष्ट्र बैंकले लिएको ४/१२ को नीति भएको बताएका जानकारी दिनुभयो । उहाँले पुँजीगत लाभकरसमेत घटाउने विषयमा अर्थ मन्त्रीसँग छलफल भइरहेको बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘अहिले शेयर बजार घटेर लगानीकर्तालाई अप्ठेरो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र ब...

‘शेयर कारोबार उत्पादनमूलक भएन’

काठमाडौँ । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका हुन्। उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित परीक्षाविना […]

‘शेयर कारोबार उत्पादनमूलक भएन’

काठमाडौँ,६ असार । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेको हो । उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित […]

शेयर बजारमा देखिएका समस्या समाधान गर्न सुझाव समिति गठन गरिएकाे छ : अर्थमन्त्री

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपाली शेयर बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले चार सदस्यीय सुझाव समिति गठन गरेको बताउनुभएको छ । आज बुधवार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित चार सदस्यीय समिति गठन गरेको बताउनुभएको हो । अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा शेयर बजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले शेयर बजारमा संलग्न रहेका लाखौँ लगानीकर्ता र सयौँ कम्पनीको समस्यालाई सरकारले गम्भीर...

शेयर लगानीकर्ताले अर्थमन्त्री शर्मालाई भेटे, माग पूरा गर्ने आश्वासन

काठमाण्डाै – शेयर लगानीकर्ताका सङ्घ–संस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर माग पूरा गरिदिन आग्रह गरेको छ ।  आज मङ्गलवार सिंहदरबारमा भएको भेटमा लगानीकर्ताले पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति, ५८ बुँदे मागका बाँकी काम लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।  जवाफमा अर्थमन्त्री शर्माले आफू पुँजी बजारको दिगो विकास र विस्तारका लागि लागिपरेको उल्लेख गर्दै धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै...

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा हिजो (आइतबार) आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका […]

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए ।सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद

नेतृत्वबिहिन अवस्थामा पूँजीबजारको नियामक धितोपत्र बोर्ड र नेप्से

भदौ १९, कठमाडौं । नेपाली पूँजीबजारको नियामक रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज यतिखेर नेतृत्व बिहिन भएको छ । नेपाली पूँजीबजारको नियमनकारी निकायमा रुपमा रहेका ती निकायका प्रमुखहरु प्राथमिक बजारमा बहुप्रतिक्षित बुक विल्डिंग विधिबाट शेयर निस्कासनको तयारीमा रहेको सर्बोत्तम सिमेन्टको शेयरमा संलग्न रहेको आरोप लागेको छ । र सोही आरोपपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिइसकेका छन् भने सरकार स्वयंले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरिसकेको छ । सीईओ साउदले पदबाट राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म सञ्चालक समितिको बैठकले  निरन्जन फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ। त्यस्तै सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना सोही विषयमा छानबीन गर्न सरकारले समिति गठन गरेसँगै उनी पदबाट निलम्बित भएका छन्। बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानून विपरीत आफन्तका नाममा खरीद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।  कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाको छोरी रेबिका ढुंगाना र सोही बराबरको शेयर नै नेप्सेका सीईओ चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको पाइएको थियो । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो । सर्वोत्तमले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ । नेप्सेका तत्कालिन सीईओ साउदले श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरीद गरेको तथ्य बाहिरिएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् । गत साउन १३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र साउन १४ मा नेपाल स्टक एक्सचेन्जलाई यसबारे यथार्थ के हो, त्यसको स्पष्ट, तथ्यपरक जवाफ ३ दिनभित्र पेश गर्न पत्र काटेको थियो । अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष तथा नेप्सेका सीईओसँग स्पष्टीकरण नमागी बोर्ड र नेप्सेका नाममा पत्र पठाएको थियो र उनीहरूले स्पष्टीकरणमा गलत नगरेको दाबी गरेका थिए । उता अर्थमन्त्री जनार्दन शर्माले भने दोषीमाथि कारबाही हुने बताउँदै आएका छन् ।  नेपालको शेयर बजारलाई नियमन गर्ने प्रमुख निकाय धितोपत्र बोर्ड र दोस्रो बजार सञ्चालन गर्ने निकाय नेप्सेका प्रमुखहरु नै कारबाहीमा परेपछि सरकारले ती निकायका नयाँ प्रमुखमा कहिले र कसलाई नियुक्त गर्छ भन्ने बारेमा लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् ।

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

४ भदौ, काठमाडौं । संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना […]