सरकारका गलत कामकाे खबरदारी गर्न खेलकुद महासंघले विरोधसभा गर्ने

काठमाडौं । सरकारले गरेका गलत गतिविधिमा खवरदारी गर्न नेपाल खेलकुद महासंघले बिरोधसभा गर्ने भएको छ । नेपाल खेलकुद महासंघद्धारा सोमबार आयोजित विशेष वैठकमा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको विरोध, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न बिरोधसभाको आयोजना गरिएको बताए । काठमाडौंको बसन्तपुरमा हुने विरोधसभामा लाखौको सहभागिता […] The post सरकारका गलत कामकाे खबरदारी गर्न खेलकुद महासंघले विरोधसभा गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सरकारले गरेका गलत गतिविधिको खबरदारी गर्न खेलकुद महासंघले विरोधसभा गर्ने

काठमाडौँ। सरकारले गरेका गलत गतिविधिमा खवरदारी गर्न नेपाल खेलकुद महासंघले बिरोधसभा गर्ने भएको छ। नेपाल खेलकुद महासंघद्धारा सोमबार आयोजित विशेष वैठकमा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको विरोध, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न बिरोधसभाको आयोजना गरिएको बताए।

बीपी प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा दिने चेतावनी

धरान (अस) । विगत एक सातादेखि आन्दोलनमा रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकको आन्दोलन एक साता पुग्दा पनि उपकुलपति काठमाडौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् । सोमवार सातौं दिन प्रतिष्ठान क्षेत्रमा विरोध ¥याली प्रदर्शनपछि उपकुलपति कार्यालयअघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले दुईओटा कार्यक्रमको घोषणा गरेका छन् । ‘संयुक्त संघर्ष समितिमा छलफल गरेर अल्टिमेटम सहितको कार्यक्रम घोषणा गर्नेछौं, दोस्रो सामूहिक राजीनामा दिँदै छौं ।’ पटकपटक पदाधिकारीलाई खबरदारी गर्दा पनि आफूहरूको मागप्रति कुनै सुनुवाइ नभएपछि कडा आन्दोलन गर्नुपरेको उनको भनाइ छ । उपकुलपतिविना कसैसँग पनि वार्तामा नबस्ने समेत उनले स्पष्ट पारे । उपकुलपतिले भ्रमको खेती गरिरहेको उनको आरोप छ । फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गत आइतवार प्रतिष्ठानको नीति विपरीत गएको भन्दै स्पष्टीकरण मागेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै उपकुलपतिविरुद्ध चिकित्सक तथा विद्यार्थीले सोमवारदेखि धर्ना तथा विरोधसभा गर्दै आएका छन् । चिकित्सक तथा विद्यार्थीले गरेको आन्दोलनलाई प्रतिष्ठानका नर्स, कर्मचारी सबैले साथ दिएका छन् ।