अर्घाखाँचीको विरोधसभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै

गोपालप्रसाद भट्टराई/सन्धिखर्क ।। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अर्घाखाँचीको विरोधसभालाई सम्बोधन गर्नुहुने भएको छ । संसद पुनः स्थापनासँगै गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा शक्ति प्रदर्शनसहित राजमो अर्घाखाँचीले माघ ३० गते सन्धिखर्कमा आयोजना गरेको बृहत् विरोधसभालाई अध्यक्ष केसीले सम्बोधन गर्न थाल्नुभएको हो । राजमो र विभिन्न मोर्चाका पदाधिकारीसहित शनिवार सम्पन्न जिल्ला भेलाले यस्तो निर्णय गरेको हो । भेलामा प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष भैरवराज रग्मीले सम्बोधन गर्दै संसद विघटन गरेर सरकारले गणतन्त्रमाथि कू गरेको र प्रतिगामी शक्तिलाई प्रश्रय दिएको आरोप लगाउनुभएको छ । कार्यक्रममा राजमोका नेता शेरबहादुर बिसी, केन्द्रीय सदस्य झबिलाल थापालगायतको आतिथ्यता रहेको थियो । राष्ट्रियता एवम् मुलुकको परिवर्तनका उपलब्धिको रक्षार्थ आम जनतालाई सचेत पार्न र सरकारलाई खबरदारी गर्न आयोजना गरिने उक्त कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको विशेष सम्बोधन रहने राजमो अर्घाखाँचीले जनाएको छ । विघटित संसदको पुनःस्थापनाको पक्षमा र प्रतिगमनका विरुद्ध सङ्घर्षका कार्यक्रम तय गर्न राजमो अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलाबाट यस्तो कार्यक्रम तय गरिएको हो । राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षार्थ शक्ति बढाउँदै देश र जनताको हितका विरुद्ध उठेका मुद्दालाई परास्त गर्न सहयोग पुगोस् भन्ने हेतुले जिल्लाका छ वटै पालिकाबाट हजारौँ कार्यकर्ता सन्धिखर्कमा उतारेर बृहत् विरोधसभा गर्ने ठेगान भएको राजमो जिल्लाध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ । ‘वर्तमान सरकारले संसद विघटन गरेपछिको उत्पन्न राजनितिक घटनाक्रमले मुलुकको भविष्य नै धरासायी अवस्थामा पु¥याएको छ’ जिल्लाध्यक्ष केसीले भन्नुभयो– ‘यस्तो अवस्थामा देश र जनताको पक्षमा सडक सङ्घर्ष चर्काउने राजमोको केन्द्रीय कार्यक्रमअनुसार नै हामीले अर्घाखाँचीमा माघ महिनाभर सङ्घर्षका विविध कार्यक्रम गर्ने निर्णय गरेका छौँ ।’ थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र जिल्ला सचिव बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न उक्त भेलाले माघ ७ गते जिल्लाका छ वटै पालिकामा भेला गर्ने, माघ १५ गते युवक सङ्घको आयोजनामा मोटरसाइकल र्याली गर्ने, माघ २६ सम्म जिल्लाभर सबै नेता÷कार्यकर्ता परिचालन भएर सरकार र प्रतिगमनका विरुद्ध जनतालाई सचेत बनाउन अभियान सञ्चालन गर्ने र ...

सम्बन्धित सामग्री

गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दै

बुटवल – सत्तारूढ गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । दिउँसो २ बजेदेखि बुटवलको योगीकुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले […]

काठमाडौंको चुनावी सभामा पोखियो गठबन्धनभित्रको तीतो

स्थानीय तह निर्वाचनको मतदानको मिति ३० वैशाख नजिकिँदै गर्दा कांग्रेसभित्र असन्तुष्टिका स्वरहरू मत्थर हुँदै गएपनि त्यसले निर्वाचनको परीणामलाई असर पुर्‍याउने निश्चित जस्तै देखिन्छ । यसैलाई संकेत गरेर नेता नेपालले मात्रै होइन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेश सभापति इन्द्र बानियाँले समेत चर्को आलोचना गरे । बागी उम्मेदवारलाई लोकतन्त्र विरोधीको आरोप समेत लगाए ।

चितवनको चिसो : ओली बोलिनसक्दै हिँड्न थाले कार्यकर्ता (फोटो फिचर)

काठमाडौं : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गरिसकेका छन्।अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। चितवनको चिसो र भ

२५ तस्वीरमा एमालेको महाधिवेशन

काठमाडौं : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति छ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी फागुन १ गते कपिलवस्तु आउँदै

रिषव आचार्य/तौलिहवा ।। राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी आउँदो फागुन १ गते कपिलवस्तु आउनुहुने भएको छ । राजमो कपिलवस्तुले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष केसी आउन लाग्नुभएको हो । राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौँ, भ्रष्टाचारको अन्त्य गरौँ, सङ्घीयता खारेज गरौँ, विघटित संसद पुनःस्थापना गरौँ मूल नाराका साथ कपिलवस्तुको गोरुसिङ्गेमा बृहत् विरोधसभा आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष दधिराम आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा हजारौँको सङ्ख्यामा नेता–कार्यकर्ता तथा आम जनता जिल्लाको गोरुसिङ्गेमा उतार्ने तयारी रहेको बताइएको छ । जिल्लाको बड्हारा चोकदेखि विरोध जुलस सुरु भई गोरुसिङ्गे चोकमा पुगी विरोधसभामा परिणत हुने पनि समाचारमा जनाइएको छ ।