काठमाडौँ । भारतको गृह मन्त्रालयका अनुसार सन् २०२१ मा एक लाख ६३ हजार ३७० जनाले भारतीय नागरिकता त्यागेका छन् । संसद्मा पेस गरिएको दस्तावेजमा उल्लेख भएअनुसार उनीहरूले ‘निजी कारण’ देखाएर नागरिकता त्याग्ने फैसला गरेका हुन् ।सबैभन्दा धेरै अर्थात् ७८ हजार २८४ जनाले अमेरिकी नागरिकताका लागि भारतको नागरिकता त्यागेका छन् । त्यसपछि २३ हजार ५३३ जनाले अस्ट्रेलिया र २१ हजार ५९७ जनाले क्यानडाको नागरिकता लिएका छन् ।चीनमा बस्दै आएका ३०० जनाले चिनियाँ नागरिकता लिएका छन् । यस्तै, ४१ जनाले पाकिस