हिमाली जिल्ला मनाङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए । “यहाँ महिलाप्रधान समाज