राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विपद्को पूर्व तयारी सम्बन्धमा ८ बुँदे लिखित सुझाव दिएको छ । राप्रपा प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई पार्टीको तर्फबाट सुझाव दिएका हुन् । सुझावमा राप्रपाले जोखिम पहिचान र मूल्याङ्कन‚ पूर्वसूचना प्रणाली‚ भौतिक पूर्वाधार निर्माण‚ समुदायमा आधारित विपत् व्यवस्थापनको...