दुई इन्जिनियरको मृत्यु घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं : सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो।मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको जानकारी दिँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुरक्षा मापदण्ड कार्यविधि बनाउन समिति गठन गरिएको उनले बताए।आइतबार अपराह्न आयो

सम्बन्धित सामग्री

सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको मृत्यु प्रकरण : छानबिन समिति गठन

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएकाे घटनाबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।  यस घटनाकाे वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज मङ्गलवार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँप...

सोलु दूधकोसी हाइड्रोमा २ इन्जिनियरको मृत्यु भएको घटना छानविन गर्न समिति गठन

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन आज सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।यही पुस ११ गते आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको दुर्घटनामा इञ्जिनीयरद्वय अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको थियो । मन्त्रालयले उनीहरूको निधनमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उक्त दुर्घटनमा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जारी गरेको विज्ञप्तिमा दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई भविष्यमा यस किसिमका दुर्घटना दोहोरिन नदिनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठान गरिएको उल्लेख गरिएको छ ।