पुस ११, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ ।
नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक, महुली लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ ।
एनसीसी बैंकले पुस १२ गते एक दिन बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल हार्दिक बागबजारमा हुने जानकारी दिएको छ ।
त्यसैगरी मुहली लघुवित्त वित्तीय संस्थाले पुस १२ गते बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा आयोजना गरेको छ ।
कम्पनीले सभा केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवरण-६ मुहली, सप्तरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।
त्यसैगरी विजय लघुवित्त वित्तीय संस्थाले पुस १२ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा गैडाकोट रिसोर्ट गैडाकोट-५, नवलपरासीमा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ ।