१० वर्षअघिको आर्थिक अभियानबाट: सरकारको आयु लम्बियो !

व्यवस्थापिका संसद्को अर्को अधिवेशन आह्वान नभएसम्म प्रधानमन्त्रीको अर्को निवार्चन नहुने भएको छ । चालू अधिवेशनमा नटुंगिएका प्रस्तावहरू अर्को अधिवेशनमा लैजाने नियमअनुरूप अब प्रधानमन्त्रीको निर्वाचनको प्रस्ताव पनि स्वत: अर्को अधिवेशनसम्मका लागि स्थगित भएको संवैधानिक कानूनका विज्ञहरू बताउँछन् । राजीनामा दिएको सरकारले अर्को प्रधानमन्त्री नबनुन्जेल संसद्को अधिवेशन अन्त्य गर्न नहुने परम्परा तोडिएपछि नेपालको राजनीति तीव्र धुवीकरणको दिशामा अग्रसर भएको संवैधानिक कानूनका ज्ञाता डा. भीर्माजुन आचार्य बताउँछन् । अध्यादेश ल्याउनै पर्ने अवस्थामा संसद्को चालू अधिवेशन अन्त्य गर्न सकिने प्रावधान भए पनि तत्कालै अर्को अधिवेशन बोलाउन पुन: प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले आह्वान गर्नुपर्ने हुन्छ । आचार्यले भने, ‘अब प्रधानमन्त्रीको निर्वाचनका निम्ति अर्को अधिवेशन कुर्नुको विकल्प छैन ।’ अध्यादेशमार्फत आएपछि बजेटलाई लिएर वामपन्थीहरूबीच नै पनि तीव्र धु्रवीकरणको स्थिति उत्पन्न भएको आचार्यको भनाइ छ ।  ६, अंक ६२ आइतवार, ५, मंसिर २०६७

सम्बन्धित सामग्री

विपक्षी गठबन्धनमा खटपट: प्रदेश १ को सरकारको आयु लम्बियो

हरिहर नेपाल, विराटनगर । विपक्षी गठबन्धनमा खटपट र असन्तुष्टिले एमाले नेतृत्वको प्रदेश १ को सरकारको आयु लम्बिएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै अड्को थापेपछि भीम आचार्य सरकारको आयु लम्बिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आधा भाग खोजेपछि प्रदेश १ को सरकारको आयु केहि दिन थपिएको […]

देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु

विराटनगर– प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने बताएका थिए । नेकपा एकीकृत समाजवादीलाई मनाउनका लागि देउवाले गरेको निर्णय अहिले उनकै लागि झन्झटिलो बनेको छ । कांग्रेसकै नेता शेखर कोइराला खेमाका […]

एक साता लम्बियो प्रदेश १ मा आचार्य नेतृत्वको सरकार

संविधानको आफू अनुकूल व्याख्या, त्यसपछि सभामुखको उपयोग र चाडपर्वको वहानामा विश्वासको मत नलिई सरकारको आयु लम्ब्याइरहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई कांग्रेसमा चर्किएको विवादले थप एक साता जोगाइदिएको छ।

एक साता लम्बियो प्रदेश १ मा आचार्य नेतृत्वको सरकार

संविधानको आफू अनुकूल व्याख्या, त्यसपछि सभामुखको उपयोग र चाडपर्वको वहानामा विश्वासको मत नलिई सरकारको आयु लम्ब्याइरहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई कांग्रेसमा चर्किएको विवादले थप एक साता जोगाइदिएको छ।

शाक्य नेतृत्वकाे सरकारको आयु ६ दिन लम्बियो

हेटाैंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु ६ दिन लम्बिएको छ। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेपछि सरकारको आयु ६ दिन लम्बिएको हो।प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक १० गतेसम्मका लागि सारिएको छ।बिहीबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरुले छलफल गरेका थिए। विश्वासको मतसम्बन्धी प्रस्तावको

वाग्मतीमा शाक्य नेतृत्वको सरकारको आयु एक साता लम्बियो

वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु थप एक सातासम्मका लागि लम्बिएको छ । शाक्यको विश्वासको मत लिने प्रस्तावमाथि बिहीबारको प्रदेशसभाको बैठकमा छलफल सुरू भए पनि विश्वासको मत लिने बाँकी प्रक्रिया अर्को बैठकमा मात्रै हुने भएको हो ।

अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद कार्तिक १० सम्म लम्बियो

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कार्तिक १० सम्म लम्ब्याइएको छ । अल्पमतमा परिसकेको अवस्थामा समेत मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रक्रियालाई लम्ब्याउँदै आफ्नो सरकारको आयु केही दिन बढाउने पहल गरेकी हुन् ।प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक पर सारिएको हो