काठमाडौं : आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आइतबार सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। आइतबार एकादशी तिथि बिहान ९ ४६ बजेसम्म रहेको पञ्चांगमा उल्लेख छ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ।आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन