जैविक विविधतायुक्त, जिल्लाकै गौरव एवं पालिकाको पहिचान दिने शैलुङको धार्मिक एवं पर्यटन प्रवद्र्धनका लागि शैलुङ गाउँपालिकाले विकासका विभिन्न संरचना निर्माण गरेको छ ।
समुद्र सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको शैलुङको विकासका लागि कालापानीलाई बेस क्याम्प बनाई विभिन्न संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार शैलुङले बुद्धलाई नै परिचित गराएको छ । यसलाई मध्यनजर गरी बेस क्याम्पमा ७० लाख रुपियाँको लगानीमा २५ फिट अग्लो बुद्धको स्तूपा र गुप्तेश्वर महादेवको मूर्ति स्थापना गरिएको छ । पर्यटकका लागि ५० जना क्षमताको गोलघर निर्माण भएको छ