जुम्ला– अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ । बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए । पुल नहुँदा ४ मंसिरमा […]