काठमाडौं । नेपाल बार एशोसियसनले आज (शुक्रबार) पनि सर्वोच्च अदालतको मूलद्वारमा धर्ना दिने भएको छ । निलम्वित अवस्थाका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै पनि बेला सर्वोच्चमा प्रवेश गर्ने आशंकामा बारले धर्ना दिन लागेको हो । संसद सचिवालयले प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग निस्क्रिय भएको निर्णय गरेपछि बुधबार राणाले आफू कार्यालय जाने बताउनुभएको थियो । संसद सचिवालयका […]