काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट शुरू गरेको छ । जीवन बीमा सम्बन्धी चेतना जगाउने उद्देश्यले उक्त कार्यक्रम प्यूठानको जुम्री बजार चोकबाट शुरू गरिएको बताइएको छ ।
सोमवारदेखि सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रूपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जानकारी दिएको छ । सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्त्व तथा जागरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास कम्पनीले गरेको छ ।